विभिन्न कार्यक्रम गरी सरस्वतीको पूजा सम्पन्न



डिल्ली शाही, कोहलपुर,९ माघ/   प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको सोमबार विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ ।
विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै विभिन्न विद्यालयहरुमा सरस्वती पूजा मनाएको छ । हिन्दु धर्मावलम्बीहरुले सरस्वती मन्दिर तथा पुस्तकको पूजा गरेर आराधना गरी पुजाआजा गरेर मनाइएका छन् ।

विशेषगरी सरस्वती पूजाको दिन बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।

विद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानै देखि बाँकेका विभिन्न विद्यालय तथा सरस्वतीको मुर्ती भएको स्थानमा भीड रहेको थियो । हरेक विद्यालयले आ–आफनै तरिकाले सरस्वती पुजा समेत मनाएका छन् ।

कोहलपुर नगरपालिका अन्तरगत ज्ञानज्योती मावि बगिया , ग्रीन पीस मावि चपरगौडी , बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस , डाइनामिक मावि , बालज्योति मावि, जीवन ज्योती स्कूल, त्रिभुवन नमूना मावि, क्रियटिभ स्कलर्स , हिमालय विद्या निकेतन, ब्रिज इन्टरनेशनल ,लक्ष्मीमावि लगायतका विद्यालयहरुले विविध कार्यक्रमहरु सहित विद्याकी देवी सरस्वतीको पूजा सम्पन्न गरेकाछन् ।

कतिपय विद्यालयहरुले वार्षिक उत्सव संगै विद्यालयले आफ्ना बालवालिकाहरुलाई वार्षिक खेलकुद तथा विभिन्न गतिविधिमा उत्र्तिण विद्यार्थीलाई पुरस्कृत समेत प्रदान गरेको छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार