17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सल्यानमा बस दुर्घटना, तीनको मृत्यु २४ घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ ८, २०७४  

सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाममा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुकुमबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको बस लुहाम, भाटखोलमा दुर्घटना भएको हो । घटनास्थलमै मृत्यु भएका तीनजनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । घाइतेहरुको श्रीनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः सोमवार, माघ ८, २०७४     6:21:45 PM  |