कविन्द्र परियार : कोहलपुर,८ माघ/ बाँकेको बैजनाथ गाउँपालिका १ चिसापानीमा अवस्थित साना किसान कृषि सहकारी संस्थाको पन्ध्रौ वार्षिक साधारण सभा आइतबार समपन्न भएको छ ।
सधारण सभाको जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष पे्रम सुवेदीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए सभामा संस्थाकी अध्यक्ष एकता शाहले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गुरेकी थिइन ।
सभामा आ.व २०७३÷०७४ को १ करोड ३२ लाख ४८ हजार ५ सय ९४ रुपैया बराबरको आय व्यय प्रस्तुत गर्नुका साथै सो आर्थिक वर्षमा ४० लाख ९४ हजार ४ सय २१ रुपैया संस्थाको नाफा भएको जानकारी गराइएको थियो ।
साधारण सभामा उत्कृष्ट बाख्रापालन, भैसीपालक,च्याउ खेती, कुखुरापालन, बगुरपालक र तरकारी खेती गर्ने किसानहरुलाई आवश्यक सामा्रगी र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै सभामा ५ जना जेष्ठ शेयर सदस्य १ जना अपाङ्गता भएका व्यक्ति र बैजनाथ गाउँपलिका वडा न १ का सम्पूर्ण जनप्रतिनिधिहरु लाई समेत सम्मान गरिएको थियो ।
सभामा बैजनाथ गाउँपालिका वडा नं १ वडा अध्यक्ष रुप बहादुर मल्ल, वडा सदस्य काली कोइला बुढा,वडा सदस्य संगिता सुनार,गोर्ख बहादुर बुढा भरथरी थारु सामाजिक विकास मञ्चका प्रतिनिधि जितराम चौधरी ईलाका प्रहरी कार्यालय चिसापानीका प्रतिनिधी पे्रम बहादुर विष्ट सहकारी विकास बैंकका कोहलपुरका प्रमुख सुजन ददेल, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष देव बहादुर वली चिसापनी कृषी सहकारी संस्थाका सचिव श्याम थापासाना किसान कृषि सहकारी संस्था बनकटुवाकी अध्यक्ष पुतली हमाल साना किसान कृषि सहकारी संस्था महादेवपुरीका प्रबन्धक हरिश चन्द्र के. सी साना किसान कृषि सहकारी संस्था रझेनाका प्रबन्धकल विमल शर्मा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम संस्थाकी अध्यक्ष एकता शाहको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका प्रबन्धक लोक बहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्