प्रदेश ५ को प्रदेशसभा बैठक उद्योग बाणिज्य संघको हलमा



बुटवल,६ माघ/  प्रदेश ५ का प्रदेशसभा बैठक बुटवल उद्योग बाणिज्य संघको हलमा बस्ने भएको छ । प्रमुख प्रमुखको कार्यालय भने बुटवल उद्योग बाणिज्य संघको हलको भवनलाई बनाइएको छ ।

प्रदेशसभा सदस्यहरुको सपथ भोलि आइतबार हुादैछ । प्रदेश प्रमुख उमाकान्त झा बुटवल आइसकेका छन् ।

आइतबार बिहान १० बजे प्रदेश प्रमुख झाले रुपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन् । लगतै बुटवल उद्योग बाणिज्य संघको हलमा पुगेर प्रदेश संासदहरुलाई सपथ गराउने कार्यक्रम छ ।

सपथका लागि सम्पूर्ण तयारी पूरा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । उनले भने, ‘सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका गरी ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ, हामीले तयारी पूरा गरेका छौं ।’

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग बाणिज्य संघको हलमा नै हुनेछ । संघको सचिवालयमा सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार