प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल तोकेसँगै नेपालगञ्जमा प्रदर्शन



नेपालगञ्ज,६ माघ/   सरकारले प्रदेशका अस्थाइ राजधानी तोके संगै बाँकेमा रहेका बिभिन्न राजनितिक दल, बुद्धिजिबी र जनप्रतिनिधीहरुले बिरोध ¥याली निकालेका छन ।
सरकारले प्रदश राजधानी बुटवल तोके संगै बर्दिया र दाङ्ग जिल्लामा बिरोध भैरहेको अबस्थामा बाँकेले पनि आज देखि रचनात्मक आन्दोलनको सुरु गरेको छ । प्रदेश राजधानि बुटवल कुनै पनि हालतमा मान्य नहुने भन्दै नारा पनि लगाएका थिए ।

विरोध ¥याली नेपालगन्ज बजार परिक्रमा गरि बिपि चोकमा आएर समापन भएको थियो । ¥यालीमा बोल्दै नेकपा एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ्गले बाँकेलाई राजधानि बनाउनका लागी आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउनु पर्ने पनि बताउनु भयो ।

यस्तै उहाँले बाँके जिल्ला मध्य तथा सुदुरपश्चिमाञ्चलको केन्द्र बिन्दु भएको र यहा राजधानि बानाउनकालागी सम्पुर्ण पुर्बाधारहरु रहेको पनि बताउनु भयो ।
बाँके पहिला पनि राजधानि थियो र अहिले पनि भएकोहुदा यस जिल्लालाई कसैले राजधानि हुनबाट रोकेको खण्डमा आफुहरु कुनै पनि रुपमा त्यस्तो हुन नदिने र भएकोखण्डमा बाँकेलाई छुट्याएर आठौँ राजधानी बनाउने नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले चेतावनी समेत दिनु भयो ।

बिरोध कार्यक्रममा बोल्दै नेपागन्ज उपमहानगरपालीकाका मेयर धबल शम्सेर राणाले नेपालगन्ज सहर मध्य तथा सुदुर पश्चिमको केन्द्र बिन्दु भएको हुदा यसलाईनै राजधानी बनाउन यहाँका सम्पुर्ण जनप्रतिनिधीहरु लाग्ने पनि उद्घोष गर्नु भयो । उहाँले बाँके बासीका लागी बुटवललाई कुनै पनि हालतमा राजधानि मान्य नहुने स्पष्ट पार्नूभयो ।

बाँके पुारनो सहर भएको हुदा बेला बेलामा यो सहर चिनिदै आएता पनि गणतन्त्र आए पश्चात राज्यले हेर्ने दृष्टीकोण फरक भएको बाँके प्रदेश सभा सांसद आईपी खरेलले बताउनु भयो ।

उहाँले सरकारले जुन जुन निर्णय गरेको छ, त्यो संघियता बिरोधी भएको समेत आरोप लगाउनु भयो । यस्तै प्रदेश सांसद सुरेन्द्र हमालले पनि बुटवललाई कुनै पनि हालतमा राजधानि मान्न नसकीने र आजै देखि बाँके बासीका प्रत्येक घरहरुमा कालो झण्डा लगाउने पनि बताउनु भयो । उहाँले बाँकेका सरोकारवाला सबै निकायलाई यस आन्दोलना प्रतिबद्धता गर्न समेत आह्वान गर्नु भयो ।

यस्तै बाँके प्रतिनिनधी सभा सदस्य मो.इस्तियाक राईले बाँकेलाईनै राजधानि बानाउन आफुहरु जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनु भयो ।
विरोध र्यालीमा बिभिन्न राजनितिक दल, बुद्धिजिबी, जनप्रतिनिधीहरु लगाएत पत्रकारहरुको उपस्थिती रहेको थिायो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार