बर्दिया,२ माघ/ इन्सेकको आयोजनामा पुस ३० गते गुलरियामा भएको सेवाप्रदायक र सेवाग्राही बीच अन्र्तक्रियामा समुदायले उनीहरुको अधिकार प्राप्त गर्न स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागिहरुले जोड दिएका छन् ।
कार्यक्रममा कृषि बिकास कार्यालय बर्दियाका प्रमुख पर्शुराम रावत बोल्दै कृषि क्षेत्रको कार्यक्रम गरीब किसान मैत्री नभएको । किसानले भनेको समयमा गुणस्तर मल विउ मात्रै पाए पनि ५० प्रतिशत उत्पादन बढ्ने ।
कृषि र किसानको उत्थानको लागि कृषि, भुमि, सिचाई, विद्युत कार्यालय बीच समन्वय र सहकार्य गरी अगाडी बढ्न सके खाद्यन्न उत्पान बृद्धिमा अधिक्तम सफलता हुने बताए ।
ब्यवसायीक कृषिको लागि समुह बनाएर आए आफुले गर्न सक्ने गर्ने माटो परिक्षणको लागि क्षेत्र तोकेर निवेदन आए सहयोग गर्ने पनि बताए । सो अवसरमा सहभागिहरुबाट स्थानीय तहमा प्रणालीमा नबसी सकेको अवस्था भएकोले कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रका गर्ने पर्ने तोकिएको समयमा हुन नसकेका कुरा उठेको थियो ।
यसैगरी जिल्ला शिक्षा अधिकारी यज्ञमणी नेपालले शिक्षामा सबै क्षेत्रको गैरजिम्मेवारीले नै समस्या जटिल बन्दै गएपनि यसलाई सुधार गर्न पनि सकेने बताए । सर्वप्रथम शिक्षकहरुलाई राजनितिक संरक्षणबाट मुक्त गर्न पर्ने सबैले आफ्नो तहबाट अरुलाई देखाएर जिम्मेवारीबाट पन्छीने प्रवृति त्याग गरि अगाडी बढ्न आवश्यक रहेको बताउँदै आफुले गर्न पर्ने पदिय र सामाजिक दायीत्व पुरा गर्ने प्रतिवद्धता गरे ।
साथै जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णगोपाल चौधरी जिल्लाबाट हुने स्वास्थ्य गतिवधि संरचना स्थानिय तहमा गएकाले प्रणाली नबसिसकेका र समन्वय, सहकार्य नहँुन केही समस्या देखिएको त्यो बिरुतारै हिट्ने विश्वास ब्यक्त गरे ।
राज्यको नयाँ इन्सेकको आयोजना तथा जिल्ला खाद्य अधिकार सञ्जाल, उपभोक्ता हित संरक्षण मञ्च, बर्दिया नागरिक समाज सञ्जाल र मानवअधिकार एलाइन्सको सहकार्ययमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्