देवकोटा बन्धु समाजको बृहत भेला सम्पन्न



बर्दिया,३० पौष/  देबकोटा वन्धु समाज बाँके वर बर्दियाको भेटघाट तथा बृहत भेला बाँसगढीमा सम्पन्न भएको छ ।

देबकोटा बन्धु समाज बाँके र बर्दियाका अध्यक्ष बलराम देबकोटाको अध्यक्षताम भएको कार्यक्रममा देबकोटा बन्धुहरुको पृष्ठभुमी तथा कुल देउता लगाएत भारद्वाज गोत्रहुरुको अध्ययन र छलफल गरी आउदा दिनमा मन्दिर बनाएर देबकोटा बन्धु समाजलाई भाई चाराको सम्बन्धमा लैजाने बिषयमा छलफल भएको कार्यक्रममा सहभागी रामजी देवकोटाले बताए ।

बन्धु समाजले सदभाब कायम राख्दै आउने दिनमा बन्धुत्वको विकास गर्दै लैजाने कुरामाा पनि छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै देबकोटा बन्धु समाज नेपालका केन्द्रिय सदस्य देबीदत्त देबकोटाले देबकोटा बन्धु समाजको बंशावलीका कुल पुजा सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रमम नेपाल अधिराज्यका बिभिन्न ठाँउबाछ बसाई सराई आएका बाँके र बर्दियामा रहेका करिब ९० जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन श्यामजी देबकोटाले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार