कोेहलपुर,३० पुस/ बाँकेको बैजनाथ गाउँपलिका —६ फत्तेनगरमा गत शुक्रबार देखी सुरु भएको बैजनाथ गाउँपालिका स्तरिय २ दिने थारु महोत्सव शनिबार सम्पन्न भएको छ । थारु कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको महोत्सव मुल समितिका सयोजक चन्द्र बहादुर चौधरीले बताए ।
बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा थारु माघ महोत्सको आयोजनामा सञ्चालन गरिएको सो महोत्सवमा २० वटा प्रतिस्पर्धात्मक नृत्य गायन तथा करिब १५ वटा थारु समुदायका मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।बैजनाथ गाउँपालिका भित्र रहेका विभिन्न क्लब तथा समुहहरु बिच गराईएको सो प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिृय हुनेलाई ३ हजार तृतिय हुनेलाई २ हजार सान्तवनालाई १ हजार रुपैया प्रदान गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा बैजनाथ गाउँपालिका —६ का बडघर फत्ते थारुले उद्घाटन सगै सुरु भएको सो महोत्सवमा बाँके र बर्दियाका थुप्रै थारु गायन , नाटक तथा नृत्यहरु समेत प्रस्तु गरिएको थियो ।
महोत्सवमा बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचाल,उपप्रमुख शारदा रेग्मी विश्कर्मा, बैजनाथ गाउँपालिका वडा न.—६ का वडा अध्यक्ष भग्गन थारु, वडा न.—३ का वडा अध्यक्ष राम चरण थारु विभिन्न्न राजनितिक दलका प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्