सुन्तला खाँदा स्वास्थ्यमा यस्ता ८ फाइदा



एजेन्सी/  अहिले नेपाली फलफूल बजारमा सुन्तलाले धेरै हिस्सा ओगटेको देख्न सकिन्छ । सुन्तलाको मौसम भएकाले पनि बजारभरि सुन्तला देखिनु सामान्य नै हो । चिसो मौसममा दिउँसो घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईंहरु धेरैले लिनु भएको होला । सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ ।

जुस बनाएर होस् वा खाजाकै रुपमा पनि खान सकिने सुन्तला प्रकृतिको अनुपम उपहार हो । विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबरले युक्त सुन्तलालाई स्वास्थ्यका लागि उपयोगी फल मान्न सकिन्छ । सुन्तलामा प्रसस्त मात्रामा भिटामिन सी पाउनुको साथै एन्टिअक्सिडेन्ट पनि पाइन्छ ।

यस्ता एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ । एउटा मध्यम आकारको सुन्तलाले दैनिक चाहिने भिटामिन सी आवश्यकता सजिलै पूरा गरिदिन्छ । नेपालको पाहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ ।

सुन्तला सेवनबाट यी फाइदा लिन सकिन्छः उच्च रक्तचाप स् सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो । – स्वास्थ्यखबर

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३० गते आइतबार