कोहलपुर,२७ पुस/ दैलेखबाट बाँकेको कोहलपुर तथा यस आसपासमा आई स्थायी वा अस्थायी रुपमा बस्दै आएकाहरुको भेलाले जीत बहादुर थापा मगरको अध्यक्षतामा २५ सदस्यीय दैलेखी एकता समाज समूह गठन गरेको छ ।
बिहिबार कोहलपुर नगरपालिका –९ भवानीपुरमा भएको भेलाले सो समूह गठन गरेको अध्यक्ष थापाले बताए । थापाको अध्यक्षतामा गठित सो समूहमा उपाध्यक्ष भृकुटी शाही, कोषाध्यक्ष अमर हमाल, सचिवमा हरि सलामी, सह–सचिवमा लक्ष्मी खरेल लगायत रहेका छन् ।
त्यस्तै भेलाले पूर्ण बहादुर शाही, शुसिला शाही, कमला थापा, लालसरी थापा, अर्जुनदेव शाही लगायत ८ जनाको सल्लाहकार समिति समेत गठन गरेको छ । भेलामा करिव ५५ जनाको उपस्थिति रहेको अध्यक्ष थापाले जानकारी दिए ।
समूहले मासिक रुपमा बचत संकलन गर्ने, समूहका परिवारजनहरुमा समस्या पर्दा सहयोग गर्ने, सामाजिक एकता सहयोग र सद्भाव अभिवृद्धि हुने कार्यक्रमहरु गर्ने उद्देश्य रहेको अध्यक्ष थापाले बताए ।









प्रतिक्रिया दिनुहोस्