आगलागी हुँदा १ करोड बरावरको क्षेति



नेपालगञ्ज,२७ पुस/  नेपालगन्ज उपमहानगरपालिकाको एक उद्योगमा आगलागी भएको छ । नेपालगन्ज घरवारीटोल स्थित रहेको लुम्बीनी गार्मेन्ट उद्योगमा गयराती १२ बजे आगलागी भएको हो ।

१२ बजे सुतिरहेको अवस्थामा एक्कासी आगलागी भएको देखेपछि आफुले तत्काल दमकललाई फोन गरेको उद्योगका सञ्चालक काली मियाले बताए । सुतिरहेको अवस्थामा केही कराएको आवाज आयो र झ्याल खोलेर हेरेपछि उज्यालो देखेपछि आगलागी भएको थाहा पाएको उनले बताए ।

राती साढे १२ बजेतिर आगलागी भएपनि दमकल समयमा नआइदिएको हुनाले धेरै क्षति भएको उनले बताए । उद्योगमा करिव ४०÷४५ वटा कपडा बनाउने मेसिन र ठुलो मेसिन लगायत कत्ताकपडा पूर्णरुपमा नष्ट भएको मियाले बताए ।

आगलागीले १ करोड बरावरको मेशिन र अरु सामाग्री गरी १ करोड ५० लाख वरावरको क्षति भएको उनले बताए । दमकललाई खवर गरेको साढे १ घण्टा ढिलो आएको कारण बढि क्षति भएको उनको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २७ गते बिहीबार