६ महिनामा रु १४ लाख राजश्व संकलन



श्रवण वस्नेत : दाङ,२६ पुस/  अस्थाई ट्राफिक कार्यालय लमहीले ६ महिनाको अवधिमा झन्डै रु १४ लाख बढी राजस्व संकलन गरेको बताएको छः।

नयाँ भवन निर्माण सँगै पहिलो पल्ट कार्यालय मै पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । २०७४ श्रवान देखि पुष २६ गते सम्म साना ठुला सवारी साधन कार्यालयबाट रु १४ लाख ३५ हजार रकम राजस्व संकलन भएको कार्यालयका प्रमुख मोहनकुमार चन्द ले बताएका छन् ।

कुल २६ सय सवारी साधन कारबाही गरी यति ठुलो परिमाणको राजस्व संकलन भएको पहिलो पटक रहेको ट्राफिक प्रहरीले जनाएको छ । लमही देखि सत्बरिया रुटमा चल्ने सवारी साधनलाई कारबाही गर्दा सो रकम संकलन भएको चन्दले बताए ।

त्यस्तै ट्राफिक प्रमुख चन्दले सोही अवधिमा २६ वटा सवारी दुर्घटनाबाट ६ जनाको मृत्यु भएको र २१ जना घाइते भएको बताए । पहिले भन्दा पछिल्लो ६ महिनामा दुर्घटनामा कमी आएको र राजस्व संकलनमा उल्लेखनिय सफलता प्राप्त भएको चन्दले जानकारी गराए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार