दाङ,२४ पुस/ दाङको लमही नगरपालिकामा कार्यरत दुई जना कर्मचारीलाई घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको छ ।
सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णबहादुर नेपालीलाई रु ५० हजार घुस रकमसहित अख्तियारको टोलीले आइतवार पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा अख्तियारको टोलीले दुवै जनालाई रंगेहात पक्राउ गरेको अख्तियार कोहलपुरका सूचना अधिकारी चिरन्जीवी शर्माले जानकारी दिए ।
घर नक्सा अभिलेखीकरणको लागि नगरपालिकाले काम थालेको छ । त्यही कामको लागि कन्सल्टेन्सीहरुले नक्सा बनाउन कर्मचारीहरु खटाएका छन् । काम दिएबाफत ५० हजार घुस रकम बुझ्ने क्रममा उनीहरुलार्ई पक्राउ गरिएको हो ।
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्