ठाकुरद्वारामा माघी मेला लाग्ने



बर्दिया,२४ पुस/  थारु समुदायको महान पर्व माघीको पावन अवसरमा हरेक वर्ष लाग्ने माघी मेला यसवर्ष पनि बर्दियाको ठाकुरद्वारा मन्दिर परिसरमा लाग्ने भएको छ ।
थारु समुदायको महान पर्व अर्थात नयाँ वर्षलाई लक्षित गरी ठाकुरद्वाराको ठाकुरवावा मन्दिर परिसरमा लाग्ने माघी मेलामा विभिन्न प्रकारका दृष्यहरुको अवलोकन गर्न पाइएने भएको आयोजकले बताएका छन् ।

हरेक वर्ष झै यसवर्ष पनि ठाकुरद्वारामा लाग्ने मेलामा आरकेवी नृत्य कला केन्द्र नेपालगञ्जको टोली फेरि ठाकुरद्वारामा लाग्ने माघी मेलामा आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

“कला संस्कृतिको संरक्षण गरौं ” भन्ने मुल उद्देश्यका साथ आरकेवी कला केन्द्र नेपालगञ्जले माघी मेला २०७४ को तयारी पुरा गरेको छ । यही पुष ३० देखि माघ ३ गतेसम्म लाग्ने माघी मेलामा कला केन्द्रले राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुतीहरु प्रस्तुत गर्ने कला केन्द्रका नृत्य निर्देशक राजन कुमार बैश्यले जानकारी गराएका छन् ।

माघी मेलामा नायक प्रेम शर्मा, मोडेल पार्वती राई, हास्यकलाकार गुलेली कान्छा र सुजन विसी, गायक अमृता लामिछाने, प्रमोद डिजी, भिमा पुन, नृत्य निर्देशक राजन कुमार वैश्य, मोडेल सिता खड्का, लक्ष्मी परियार, एनपीजे किङ्ग, लगायतका कलकारहरुको बेजोड प्रस्तुती रहने नृत्य निर्देशक वैश्यले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार