वडा समितिद्वारा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान



कोहलपुर,२४ पुस/    कोहलपुर नगरपालिका वडा नं.१ ले वडाका पुर्व अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरेको छ । हाल कोहलपुरनगरपालिका वडा नं. १ रहेको साबिक रझेनन गाविस–५ का पुर्व वडा अध्यक्ष भुवन गौतम, वडा सदस्यहरु ध्रुबराज परियार ,खगिसरा पौडेल,पुर्ण बि क , बल बहादुर लामिछाने लगायतलाई कोहलपुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गोपिलाल खनाल , वडा सदस्यहरु दिलमाया सुनार, रामनारायण थारु , चेतना सिह , लगायतले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रमा साविक रझेना– ५ , कौशिलानगरका पर्व वडा अध्यक्ष भुवन गौतमले कौशिलानगर वस्ती बसाल्दा आफु पटकपटक हिरासदमा जानु परेको र थुप्रै पटक मुद्दा खेप्न परेको स्मरण गराए । उनले वडा ले आफुहरुलाई सम्झेर सम्मान गरेकोमा वडा समितिलाई अभार समेत व्यक्त गरे । कार्यक्रममा जनज्ञान ज्योति मा वि कौशिलानगरका प्र.अ. एकदेव पन्थीले वडाले शिक्षाको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले वडाले अग्रजहरुलाई सम्मान गरेर सराहनिय कार्य गरेको धारणा राखे । कार्यक्रममा वडा अध्यक्ष गोपिलाल खनालले अग्रजहरुले वडाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै आफु अग्रजको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताए । उनले वडाको विकासका लागि वडावासीहरु राजनीतिक आस्था भन्दा माथि उठेर विकासमा सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार