खप्तड गोल्डकपमा साहारा र एपिएफ भीड्दै



धनगढी पुस २२, २०७४/धनगढिमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज पोखराको साहारा क्लब र बिभागीय एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मोफसलका प्रतियोगिताहरुमा सनसनीपुर्ण प्रर्दशन गर्दै आएको साहारा र पछिल्लो समय उत्कृष्ट लयमा देखिएको एपिएफ क्लबबिचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आयोजक सुदुरपश्चिम–११ प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरको थियो । १२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २२ गते शनिबार