कोहलपुर,२२ पुस/ बैजनाथ गाउँपालिकामा तीदिने अभिमुखिकरण तालिम शुरु भएको छ । बैजनाथ गाउँपालिकामा हेलपडेस्क सहजकर्ताहरुका लागि तिन दिने अभिमुखिकरण तालिम सुरु भएको हो ।
प्रत्येक वडाबाट एक–एक जना सहजकर्ताहरु सहभागी अभिमुखिकरण तालिममा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ तथा हेलपडेस्क सहजकर्ताहरुको काम कर्तव्य र अधिकारका वारेमा सो अभिमुखिकरण राखिएको
बताइएको छ ।
सेवाग्राहीले स्थानीय सरकारबाट लिने सेवामा सहजता गराउनका लागि र उनीहरुको आत्मबल बडाउनको लागि तालिम सन्चालन गरिएको आयोजक संस्था वातावरण ग्रामिण विकास केन्द्र कोहलपुरका अध्यक्ष धर्मलाल रोकायले वताए ।
स्थानीय तहको काम कार्यवाहीलाई सहजबनाउन प्रत्येक वडाहरुमा एक–एक जना हेलपडेस्क सहजकतांहरुको व्यवस्था गरिएको छ । अभिमुखिकरण तालिमको सहजिकरण मानव अधिकारकर्मी प्रकाश उपाध्याय गरिरहेको अध्यक्ष रोकायले बताए ।
अभिमुखिकरण कार्यक्रमको उद्घाटन बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले गरेका थिए । तालिमको उद्घाटन सत्रमा बैजनाथ गाउँपालिकका सबै वडा अध्यक्षहरुको उपस्थिति रहेको
थियो ।
तालिम यही पुष २१,२२ र २३ गते सम्म चल्ने बताइएको छ । अभिमुखिकरण तालिममा सबै वडाहरुका सहजकर्ताको सहभागीता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्