
चलचित्रकी नायिका निशा अधिकारीले आफ्नो फेसबुकमा विहेको ६ महिनामै आमा बनेको विषय सार्वजनिक गरेपछि यसको सामाजिक सञ्जालमा निक्कै चर्चा भएको छ । सामन्यतय आमा बन्न ९ महिना लाग्ने सामाजिक मान्यता रहेपनि ५ बर्षदेखी प्रेम सम्बन्धमा रहेकी अधिकारी ६ महिनामै आमा बनेको समाचारले उनको चर्चा बढेको हो ।

६ महिनाअघि क्रिक्रेटर शरद भेषवाकर सँग बिहे गरेकी नायिका निशा अधिकारीले नयाँबर्षमा नयाँ काम भन्दै नयाँ स्वरुपको फोटो सार्वजनिक गरेकी छन । आफ्नो फेसबुक वालमा विभिन्न फोटाहरु अपलोड गरेकी निशाले आफु आमा बन्दै गरको समेत उल्लेख गरेकी छन ।

गर्भाधारणका दिनदेखिनै आफु आमा बनेको भन्दै निशाले जन्मदिएपछि मात्रै नभएर जुनदिनदेखी बच्चाको गर्भाधारण भयो सोहिदिनदेखी नै आम बनेको उल्लेख गरेकी छन । अधिकारीले गत असारमा क्रिकेटर शरद भेषवाकरसँग विवाह भएको थियो। पाँच वर्षको प्रेम सम्बन्धपछि दुवैले विवाह गरेका थिए।
TV Annapurna.









प्रतिक्रिया दिनुहोस्