वित्तिय साक्षरता प्रशिक्षक तालिम सम्पन्न



कोहलपुर,२१ पुस/   रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेण्टर लि.९ आर.एम.डि.सी. काठमाण्डौंको आयोजनामा ३ दिने वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम विहीबार कैलालीको धनगढीमा सम्पन्न भएको छ ।

उक्त तालिम कोहलपुर शाखाका शाखा प्रबन्धक भरत कुमार सिंहले सहभागीहरुलाई तालिममा स्वागत गर्दै वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पारेको थिए ।

उक्त तालिममा प्रशिक्षकको रुपमा एफआइ.एनएल आइटी का कार्यकारी निर्देशक प्रकाश कोईरालाले सहजीकरण गरेका थिए । तीन दिने तालिमको क्रममा कोईरालाले वित्तिय साक्षरताको अर्थ, सोको महत्व, समयको महत्व, पैसाको महत्व, वचत गर्नुको महत्व, वचत गर्ने तरिका, ऋण व्यवस्थापन विधि, व्यावसायिक योजना निर्माण, रेमीटेन्सबाट प्राप्त रकमको सदुपयोगिता गर्ने विधि, वीमा आदि विषयमा संस्थाले आफ्ना सदस्यहरुलाई प्रशिक्षण गर्न अपनाउनुपर्ने विधिहरुको बारेमा खेल, प्रस्तुतीकरण, छलफल तथा श्रव्यदृष्यको माध्यमबाट जानकारी गराएका थिए ।

तालिमको अन्त्यमा सहभागीहरुले तालिम अन्यन्तै उपयोगी रहेको र तालिमबाट प्राप्त ज्ञान र सिपलाई आफ्ना संस्थामा कार्यरत कर्मचारीहरुलाई स्थानान्तरण गरी सदस्यहरु सम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तालिममा सेण्टरको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये १५ जिल्लामा रहेका ३४ वटा सहकारी संस्थाहरुका अध्यक्ष, व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तर ३५जना सहभागीहरुले भाग लिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २१ गते शुक्रबार