सामाजिक सञ्जाल मानव तस्करको सजिलो माध्यम



नेपालगञ्ज, २० पुस/   आधुनिक युग र प्रविधि सँगै मानव वेचविखनमा पनि दलालहरुले त्यही प्रविधिको प्रयोग गरेर महिला त्यसमा पनि युवतीहरुलाई सजिलै आफ्नो सम्पर्क स्थापित गर्ने माध्यम बनाउने गरेको पाइएको छ । खासगरी मानव वेचविखनमा सक्रिय दलालहरुले सम्पर्क सुत्रको रुपमा फेसबुक र मोबाईल अत्याधिक प्रयोग गर्ने र यसैबाटै सजिलै आफ्नो सम्पर्क बढाउने गरेका छन् । मानव बेचविखनका बिरुद्ध क्रियासिल माइती नेपालले सार्वजनिक गरेको तथ्याङ्ककका अनुसार मानव दलालहरुले सामाजिक संजालको बढ्दो प्रयोग र मोवाइल फोनबाट सम्पर्क गरेर महिला तथा किशोरीलाई सजिलै फसाउने गरेको पाइएको हो ।
‘उद्धार गरिएका र नाकाबाट घर फिर्ता गरिएकाहरुको भनाइको आधारमा धेरैजसो महिला फेसबुक र मोवाइल फोनबाट दलालको सम्पर्कमा आएको पाइएको छ ’–माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले ‘दलालले अन्दाजको भरमा मोवाइलमा फोन गर्ने र महिला भए निरन्तर फोन गरेर सम्पर्क बढाउने गरेको पाइयो’ कोइरालाले बताए । यसैगरी फेशबुकमा साथी बन्ने र साथी बनेकै आधारमा हिमचिम बढाउने गरेको पाईएको छ ।’ कोइरालाले भने । उनले उद्धार र नाकाबाट फिर्ता पठाइएका मध्ये १ सय १८ जनाले फेसबुकबाट सम्पर्क भएको बताएको भने २ सय ११ जना महिलाले मोवाइल फोनबाट सम्पर्क भएको उद्दारपछि बयान दिएको छन् । उनले शिक्षित, सम्भ्रान्त परिवारका महिला तथा किशोरी सजिलै यो माध्यामबाट दलालको पञ्जामा पर्ने गरेकोे अध्ययनले देखाएको छ ।
उनले गत वर्ष यता माइती नेपाल नेपालगञ्जले ६७ जना महिला र बालबालिकाको उद्धार गरेको जानकारी दिदै भने–‘यो वर्ष भारतबाट ६६ जना र खाडिक्षेत्र बाट १ जना गरी ६७ जनाको उद्दार गरिएको छ । यसमा बाँकेका ४ जना महिला रहेका छन ।’
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सन् २०१७ को एक वर्षमा श्रम र यौन शोषणमा परेका ६७ जनाको विभिन्न देशबाट उद्धार गरिएको बताए । सन् २०१६ मा श्रम र यौन शोषणमा परेका २६ जनाको उद्धार भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार