प्रदेश राजधानीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन



नेपालगञ्ज, २० पुस/  सरकारले प्रदेश राजधानी र प्रदेश प्रमुखहरु तोक्ने तयारी गरिरहेकै समयमा बिहिबार ५ नम्बर प्रदेशको राजधानी नेपालगन्जलाई बनाउनुु पर्ने माग गर्दै नेपालगन्जमा प्रर्दशन गरिएको छ ।

बाँकेका नागरिक समाजका अगुवाहरुले बाँके जिल्ला अदालत अगाडि उभिएर प्लेकार्ड सहित बाँकेलाई राजधानी बनाउने अभिायान सञ्चालन गरेको हुुन् । नेपालगन्ज हरेक दृष्टिकोणले राजधानी बन्ने सम्पूर्ण पूर्वाधार रहेकोले नेपालगञ्ज नै ५ नम्बर प्रदेशको राजधानी हुुनु पर्ने उनीहरुले माग गरेका छन् ।

नेपालगन्ज पुुरानो र ऐतिहासिक शहर भएकाले यहाँ प्रदेश राजधानी बनाउँदा सबैलाई उपयूक्त हुनुका साथै विकासमा सहजता हुने नागरिक अगुवाहरुले दावी गरेका छन् ।
नेपालगञ्जमा शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्रको पूर्वाधार रहेकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज उपयुक्त स्थान रहेको अधिवक्ता विश्वजित तिवारीले बताए ।

उच्च अदालत तुुलसीपुुर बारका अध्यक्ष बल बहादुुर चन्दले नेपालगञ्ज शहर भौतिक पूर्वाधारको विकास भएकोले ५ नम्बर प्रदेशको राजधानी नेपालगन्ज हुनु पर्ने जिकिर गरे ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २० गते बिहीबार