नेपालगन्ज पुस १६, बाँकेको नेपालगन्जमा आगामी माघ ११ देखि २२ गतेसम्म प्रादेशिक महोत्सव हुने भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा कृषि, जडिबुटी, पर्यटन, सूचना प्रविधि, उद्योग र ब्यापारको प्रवद्र्धन र रोजगारी भन्ने मुल नाराका साथ महोसत्व गरिन लागेको हो । नेपाल सरकारबाट १० बिघा जग्गा भोगाधिकार पाएको स्थानमा बहुउद्धेश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण सहयोगार्थ प्रादेशिक महोत्सव गर्न लागिएको संघका महासचिव अजय टण्डनले बताउनुभयो ।
महोत्सवमा स्वदेश र विदेशमा उत्पादित वस्तुहरुका विभिन्न ३ सय वटा स्टल रहने छन् । ३ लाख दर्शले अवलोकन गर्ने महोसत्वमा ५ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिनुभयो । सभागृह निर्माणको लागि यसअघि समेत संघले पटकपटक महोसत्वको आयोजना गरिसकेको छ । महोसत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने छ । महोसत्वको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्