पुर्व राजा ज्ञानेन्द्रलाई राँझा विमानस्थलमा राजावादीले भव्य स्वागत गर्ने, विमानस्थलको सुरक्षा कडा



नेपालगन्ज ।आज नेपालगन्ज आउदै गरेका पुर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागत गरिने भएको छ ।

मध्य तथा सुदुरपश्चिमको भ्रमण तालिका सहित आउन लागेका पुर्व राजा ज्ञानेन्द्रलाई नेपालगन्जमा भव्य स्वागत गरिन लागेको हो । राजावादीहरुले संगठित रुपमा आज दिउँसो ३ बजे नेपालगन्जमा स्वागत कार्यक्रम राखेका छन् ।

अधिवक्त दिपक सिंहको संयोजकत्वमा २ सय १ सदस्सिय देशभक्त नागरिक स्वागत मुल समारोह समिती गठन समेत गरिएको छ ।

नेपाल विद्त परिषद्का उपाध्यक्ष सिहको संयोजकत्वमा गठित स्वागत मुल समारोहमा अधिवक्ता भुवन कृष्ण श्रेष्ठ सह–संयोजकमा र मख्खन कुमार नाग कोषाअध्यक्ष रहेको बताइएको छ ।

पुर्व राजाको स्वागतमा राप्रपा र राप्रपा प्रजातान्त्रिकका नेता तथा कार्यकर्ता समेत स्वागतका लागि विमानस्थल जाने बताएका छन् । ठूलो सङख्यामा राजावादीहरु पुर्व राजालाई स्वागत गर्न विमानस्थल पुग्ने भएपछि विमानस्थलको सुरक्षा व्वस्था समेत कडा पारिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १३ गते बिहीबार