डिल्ली शाही ११ पुस / कोहलपुरस्थित बाँगेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा खुल्ला तथा दुर शिक्षा बारे प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालय अन्तर्गत खुल्ला तथा दुर शिक्षाका प्रबन्ध0क बाल मुकन्द शर्माले भने ‘अब विद्यार्थीहरुले घरमा बसीबसी पनि शिक्षा लिन सक्नेछन्, ।
नियमित रुपमा विद्यालय जान नसक्ने विद्यार्थीहरुलाई यो शिक्षा अति अपयोगी रहेको शर्माले बताए । विद्यार्थीहरुलाई खुल्ला तथा दुर शिक्षा लिनको लागि एउटा ल्याटप र इन्रटरनेटको आवश्यक साम्रागी रहेको बताए । विभिन्न प्रविधिको प्रयोग गरी यो शिक्षा घरमै बसेर पनि लिन सकिने शर्माको दावी छ ।
अहिले काठमाण्डौं लगायत विभिन्न शिक्षा क्षेत्रमा सेमिस्टार लागू गरिएको छ । विद्यार्थीहरुले विभिन्न संस्थाहरुमा काम गर्ने भएकोले निरन्तर रुपमा विश्व विद्यालय जान सक्दैनन् ।
उक्त विद्यार्थीहरुालाई मध्यनजर गरी खुल्ला तथा दुर शिक्षाको विकास गर्न लागिएको हो । उनले भने जसरी नेपालमा नेट इन्टनेटको विकास भइरहेको छ, त्यसरी नै खुल्ला तथा दुर शिक्षाको विकास पनि हुने शर्माले बताए । औपचारीक रुपमा निरन्तर विद्यार्थी शिक्षण सिकाई गर्ने निकै कठिन भएको र नियमित रुपमा विद्यार्थी विश्व विद्यालयमा आउन पनि समस्या रहेकाले खुल्ला तथा दुर शिक्षा विद्यार्थीहरुले आफुले चाहेको बेलामा घरमा विहान, दिउसो, साँझ वा राती जति बेलामा पनि सिक्ने बताए । समय, विधि तथा प्रव्रिmयामा लचकता हुने शिक्षा प्रणाली भएकाले शिक्षक तथा शिक्षार्थी एक आपसमा टाढा हुने तर विभिन्न खुला तथा दूर सिकाइका मोड जस्तै, पत्राचार, इमेल इन्टरनेट, रेडियो, भिडियो कनफेरेन्स, सम्पर्क कक्षा जस्ता विधिबाट सञ्चालन गरिने शिक्षा नै खास अर्थमा खुला शिक्षा हो । उनले भने, भिन्न उमेर समूहका लागि पहुँच स्थापित गर्ने, दैनिक जीवनका लागि सिकाइको अवसर प्रदान गर्ने, उच्च शिक्षाको अवसरमा वृद्धि गर्ने, शिक्षामा फरक चिन्तन र शैक्षिक विकल्प प्रदान गर्न समेत फाइदा हुने उनको जिकिर छ ।
कार्यक्रममा बाँगेश्वरी बहुमुखी पब्लिक क्याम्पसका उप—प्रमुख कृष्ण अधिकारी, नेपाली विभागका प्रमुख पुष्करनाथ रिजाल, महेन्द्र बहुमुखी क्याम्पसका उप–प्रध्यापक तथा अङग्रेजि विभागका प्रमख हरी प्रसाद तिवारी, तगायत विभिन्न शैक्षिक संस्थाका प्रध्यापक तथा शिक्षकहरुको उल्लेखिनीय उपस्थीति रहेको थियो । कार्यक्रम संचालक बाँगेश्वरी क्याम्पसका दान बहादुर हमालले संचालन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्