मिसन समाचारदाता ११ पुस / क्रिस्मस डे को अवसरमा कोहलपुर नगरपालिका –१० रामनगर स्थित जीवनज्योती स्कूलले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.पी. थापाको सभापत्तित्वमा सम्पन्न भएको कार्यक्रममा स्कुलका फादर जोमन जेन्सले क्रिस्मस डेको उपलक्ष्यमा शुभकामना दिदै नेपालमा गणतन्त्र आइसकेको र नेपाल धर्मनिरपेक्षतामा गइसकेकाले यहाँ सबै धर्म प्रति आस्था राख्नेहरुका लागि राज्यले समान व्यवहार गर्नु पर्ने बताए । कोहलपुर नगरपालिका नगरशिक्षा प्रमुख मन प्रसाद रेग्मीले जीवनज्योती स्कूलले राम्रो गुणस्तरीय शिक्षा दिइरहेकोमा सन्तोष व्यक्त गरे । शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७४ पुस ११ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्