स्थानीयद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी



रोल्पाको सुकिदह गाउँपालिका कार्यालय र वडा कार्यालयहरुमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

गाउँसभाले सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेको विरोधमा स्थानीयले तालाबन्दी गरेका हुन् ।

२९ मंसिरमा बसेको गाउँसभाले सुकिदेहको नाम परिवर्तन गरी गंगादेव र केन्द्र सुखाओढारलाई परिवर्तन गरी सानडाँडा राख्ने निर्णय गरेको थियो ।

गाउँसभाको निर्णय विरुद्ध सुकिदहमा स्थानीयले विरोध प्रर्दशन समेत गरेका छन् ।

निर्णय सच्चाउन माग गरिएको ज्ञापनपत्र उपाध्यक्ष रिता घर्तीले नबुझेपछि स्थानीयले वडा तथा गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

केन्द्र सार्ने र नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै स्थानीयले २७ सदस्यीय संघर्ष समिति समेत गठन गरेका छन् ।

निजी स्वार्थका लागि परिवर्तन गरिएको गाउँपालिकाको नाम र अपायक ठाउँमा राखिएको केन्द्र कुनैपनि हालतमा मान्य नहुने संघर्ष समितिका संयोजक रोशनकुमार वलीले जानकारी दिए ।

जीवन डाँगी, रोल्पा

  • No tags available
प्रकाशित मिति : २०७४ पुस ३ गते सोमबार