भीम रावत मंसिर २६
- यही मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा बाँके क्षेत्र नं. १ र क्षेत्र नं. ३ मा वामगठबन्धनका सबै उम्मेदवारहरु विजयी भए पश्चात सोमबार नेपालगंज, खजुरा, कोहलपुर र राप्ती सोनारीमा विजयी भएका सभासद सहित विजयी जुलुस निकालिएका छन् । विहान ११ः०० बजे देखि नेपालगंजमा क्षेत्र नं. १ र क्षेत्र नं. ३ का सभासदहरु सहित विजयी जुलुस निकालिएको थियो । दिउसो क्षेत्र नं. ३ को आफ्नै क्षेत्रमा र क्षेत्र नं. १ को कोहलपुर र राप्ती सोनारीमा विजयी जुलुस निकालिएको थियो । विजयी जुलुसमा हजारौँ जनसमुदाय खुसियाली सातासात गरिरहेका थिए भने निर्र्वािचत भएका सांसदहरुलाई स्थानीय जनताले फुलमाला र अविरले स्वागत गरेका थिए । यसै विच बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा क्षेत्र नं. १ का प्रतिनिधि सभासदस्य महेश्वर गहतराज (अथक) र प्रदेश सभा (ख) कि सभासद आरती पौडेल सहितको विजयी जुलुस कोहलपुर नगरपालिका ११ न्यूरोड स्थित खुला मैदानमा धन्यवाद सभामा परिनत भएका
थियो । 
धन्यवाद सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. १ का निर्वाचित सांसद महेश्वर गहतराज (अथक)ले आफु अब क्षेत्र नं. १ का १ लाख ६५ हजार जनताको प्रतिनिधि भएको बताउदै भने, ‘यो जित मेरो मात्र होइन सबै जनताको जित हो, अब मैले मेरा मात्र होइन मेरा प्रतिस्पर्धी उम्मेदवारले उठाएका मुद्दाहरुलाई पनि मैले संवोधन गर्ने दायित्व सम्झि संकल्प गरेको छु ।’ अथकले विजयी उत्सवमा सहभागी भएका जनसमुदायलाई संवोधन गर्दै भने ‘तपाइहरुले कुन कुन ठाउँमा के के योजना उपयुक्त हो त्यसको गृहकार्यमा लाग्नुस र त्यही योजना मैले सिंहदरवार सम्म पु¥याएर कार्यन्वयन गराउने छु, त्यसको लागि तपाइ जनसमुदायको साथ र सहयोग सधै आवश्यक हुनेछ ।’ उनको थप भनाई छ जनताको सल्लाह र सहयोग विना मैले जनताको आवश्यकता पुरा गर्न सक्दिन , म सपना बो
केको र सपना देखेको मानिसलाई विजयी गराउनु भएको छ । मैले तपाई र मेरा सपनालाई जनताको आवश्यकता पुरा गर्ने कार्य योजनामा बदल्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ अथकले आफु राज्यको केन्द्रिय सत्तासँग पहुँच राख्न सक्ने व्यक्ति भएकोले बाँकेका सबै पूर्व संसादहरुले त्यो विश्वास सहित मलाई विजयी गराउन खेल्नु भएको भुमिकाको उच्च सम्मान गर्ने प्रतिज्ञा गरे । नव निर्वाचित सांसद अथकले बाँके क्षेत्र नं. १ सुगम देखि दुर्गम सम्मको भुगोलमा फैलिएकाले नरैनापुरको अवस्थालाई पनि सडक सञ्जालसंगै जोड्दै विकासको पहिलो प्राथमिकतामा राख्ने प्रतिज्ञा गरे ।
त्यस्तै प्रदेश सभा (ख) कि सांसद आरती पौडेलले आफुले काम गर्दा सधै जनताको सुझाव र सल्लाह आवश्यक पर्ने भन्दै जनताकै सल्लाह अनुसार काम गर्ने प्रतिवद्धता गरिन् । पौडेलले भनिन्, ‘मलाई तपाईहरुले जुन विश्वास र अपेक्षा सहित मतदान गरी विजयी गराउनु भएको छ । त्यो विश्वासलाई सधै कायम राख्ने छु र जनताको शिर झुकाउने कुनै काम गर्ने छैन ।’
धन्यवाद सभालाई संवोधन गर्दै कार्यक्रमका सभापति पूर्व सांसद एवं क्षेत्र नं. १ निर्वाचन परिचालन समितिका संयोजक देवराजभारले निर्वाचनमा सहयोग गर्नु हुने सबै तहका निर्वाचन परिचालन कमिटिमा रहेका सबै सदस्यहरुलाई निर्वाचन जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद दिए । भारले अब बन्ने वाम गठबन्धनको बहुमतको सरकारले मूलुकको आर्थिक संवृद्धि र विकास गर्ने र यसबाट नेपाली जनताको चाहना पुरा हुने विश्वास व्यक्त गर्दै निर्वाचित सांसदहरुलाई बधाई दिए । विजयी ¥याली पश्चातको धन्यवाद सभालाई क्षेत्र नंं. १ निर्वाचन परिचालन कमिटिका सह संयोजक नरेन्द्र न्यौपानेले संचालन गरेका थिए भने प्रदेश सभा (ख) निर्वाचन परिचालन कमिटिका संयोजक अब्दुल हुसेन खाँ ले स्वागत गरेका थिए । सभामा परिणत हुनु पुर्व कोहलपुरको त्रिभुवन मा.वि. देखि शुरु भएको विजयी ¥याली नगरका विभिन्न स्थानहरुमा बाजागाजा सहित खुसियाली मनाउदै न्यूरोडको खुला मैदानमा आएको थियो ।
त्यस्तै प्रदेश सभा (क) कि निर्वाचित सांसद कृष्ण केसी (नमुना) ले महादेवपुरी हुँदै बैजापुर सम्मको विजयी जुलुसमा पुगी सभालाई संवोधन गरेकी थिइन् । उनले राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई नमुना युक्त गाउँपालिका बनाउने प्रतिवद्धता गरिन् । उनले विजयी जुलुस पछिको सभालाई संबोधन गर्दै ६ महिना भित्र सबैको घरमा विद्युत बाल्ने गरी पहल गर्ने र रोकिएको विद्युतिकरणको कार्यलाई सुचारु गर्न एक हप्ता भित्र ताकेता गर्ने प्रतिबद्धता पनि जनाइन् ।
प्रकाशित मिति : २०७४ मंसिर २६ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्