नेपालगञ्ज मंसिर २३, बाँकेको क्षेत्र नं. १ मा प्रतिनिधी सभा तर्फ बाम गठबन्धनका महेश्वर गहतराजको अग्रता कायमै रहेको छ । क्षेत्र नं. १ मा गहतराजले १५२९५ मत गणना गर्दा बाम गठबन्धनका मह्ेश्वर गहतराजले ६०१७ मत सहित अग्रता लिनुभएको छ भने लोकतान्त्रिक गठबन्धनका माधबराम खत्रिले ४७५४ मत सहित पच्छाइरहनुभएको छ । त्यस्तै क्षेत्र नं. १ प्रदेश क मा बाँके १७६४६ मत गणना गर्दा बाम गठबन्धनकी नमुना केसीले ७१९७ मत सहित अग्रता लिनुभएको छ भने लोकतान्त्रिक गठबन्धन सरदचन्द्र बर्माले ५२१० मत लिनुभएको छ । त्यस्तै बाँके क्षेत्र नं. २ मा प्रतिनिधी सभा तर्फ संघिय समाजबादी फोरमका मोहम्मद ईस्तियाक राईले अग्रता लिनुभएको छ । राईले ११२७८ मत सहित अग्रता लिनुभएको छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनका ओम प्रकास आजदले ६५७४ मत सहित पच्छाईरहनुभएको छ भने बाम गठबन्धनका पसुपती दयाल मिश्र ६१५३ मत सहित तेश्रो स्थानमा हुनुहुन्छ । त्यस्तै प्रदेश सभा क तर्फ संघिय समाजबादी फोरमकै उम्मेदवार बिजय यादबले ४०१९ मत सहित अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका निरन्जन सिंह सिजापती १७४२ मत सहित दोश्रो स्थानमा हुनुहुन्छ । त्यस्तै प्रदेश ख मा नेपाली कांग्रेसका सुरेन्द्र हमालले अग्रता कायम राख्नुभएको छ । हमालले ६६५४ मत सहित अग्रता लिनुभएको हो । त्यस्तै संघिय समाजबादी फोरमका दुग्रेश कुमार गुप्ताले ५५८० सहित हमाललाई पच्छाईरहनुभएको छ । बाँके क्षेत्र नं. ३ को प्रतिनिधी सभा तर्फ २३७५५ मत गणना गर्दा बाम गठबन्धनका नन्दलाल रोकायले १२९४ मत सहित अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनका बादशाह कुर्मी ९३९० मत सहित पच्छाईरहनुभएको छ । त्यस्तै क्षेत्र नं.क्षेत्र नं. ३ प्रदेश क मा ३१३८५ मत गणना गर्दा माओबादी केन्द्रका आईपी खरेल १४५८५ मत सहित अग्रता लिईरहनुभएको छ भने नेपाली कांग्रेसका चन्तराम थारु १३२४७ मत सहित दोश्रो स्थानमा हुनुहुन्छ । बा“केमा २ लाख ७६ हजार मतदाता मध्ये १ लाख ९५ हजार ६ सय ४० ( करिव ७१ प्रतिशत) मतदान भएको छ । प्रतिनिधिसभा क्षेत्र १ (क) मा ३२८४१ प्रदेश (ख) ३७२१९ गरी जम्मा ७००६० मत खसेको छ । प्रतिनिधिसभा क्षेत्र २ (क) मा ३०९०१ प्रदेश (ख) मा २८२७२ गरी ५९१७३ र प्रतिनिधिसभा क्षेत्र ३ प्रदेश (क) मा ३५६९० र प्रदेश (ख) मा ३१९४४ गरी जम्मा ६७६३४ मत खसेको छ ।
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्