बाँकेका ३ वटा क्षेत्र मध्ये बाम गठबन्धनले प्रतिनिधि सभाका २ क्षेत्रमा अग्रता लिएको छ । बाम गठबन्धनले प्रतिनिधि सभा क्षेत्र नं. १ र ३ मा अग्रता लिएको छ । भने, प्रतिनिधि सभा क्षेत्र नं. २ मा संघीय समाजबादी फोरमले अग्रता लिएको छ ।
प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठबन्धनका माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) ले एक हजार एक ९१ मत पाउँदा लोकतान्त्रिक गठबन्धन काँग्रेसका माधव राम खत्रीले ७७५ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले एक हजार दुई १९, लोकतान्त्रिक गठबन्धनको राष्ट्रिय प्रजातन्त्र पार्टीका ओम प्रकाश आजादले ९ सय ४८ र बाम गठबन्धनका एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले ७ सय ६६ मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नं. ३ मा बाम गठबन्धनका एमालेका नन्दलाल रोकायले २ हजार २०० र लोकतान्त्रिक गठबन्धनका काँग्रेसका बाद साह कुर्मीले १ हजार ८०० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।
बाँके प्रदेश सभा १ (क) बाम गठबन्धनका माओवादी केन्द्रका नमुना केसीले १ हजार ३६४, लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका शरदचन्द्र बर्माले १ हजार २११, संघीय समाजवादी फोरमका कम्सर खाँले ७५६ मत प्राप्त गरेका छन् ।
प्रदेश सभा २ (क) मा संघीय समाजवादी फोरमका विजय बहादुर यादवले १ हजार १८२, नेपाली काँग्रेसका निरन्जनसिंह सिजापति (लोकतान्त्रिक गठबन्धन) ले ४५९ र बाम गठबन्धनका माओवादी केन्द्रका कामता प्रसाद सोनकरले १३८ मत प्राप्त गरेका छन् ।
प्रदेश २ (ख) मा लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली काँग्रेसका सुरेन्द्र हमालले १ हजार ४११, संघीय समाजवादी फोरमका प्रमोद कुमार यादवले १ हजार २४० र बाम गठबन्धनका एमालेका विजय गुप्ताले ८२९ मत पाएका छन् भने प्रदेश ३ (क) मा काँग्रेसका चन्तराम थारुले २ हजार ५९४ र बाम गठबन्धनका माओवादी केन्द्रका आइपी खरेलले २ हजार ४४८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बर्दियाका दुई वटा प्रतिनिधि सभा र ४ वटै प्रदेश सभा पनि बाम गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् । बर्दिया प्रतिनिधि सभा क्षेत्र नं. १ मा बाम गठबन्धनतर्फका एमालेका उपाध्यक्ष बामदेव गौतमले ५ हजार ४५९ मत ल्याउँदा काँग्रेसका संजय गौतमले ४ हजार १४९ मत ल्याए ।
बर्दिया क्षेत्र नं. २ प्रतिनिधि सभा तर्फ पनि वाम गठबन्धनका माओवादीका उम्मेदवार सन्तकुमार थारु अगाडी छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका गोपाल दहितले पछ्याईरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्