नरैनापुरमा शान्तिपुर्ण मतदान हुदै



बाँकेकाे विकट मानिने राप्ती पारी नरैनापुर गाउँपालिकामा केहि ढिलाे गरी शुरू भएकाे मतदानमा करिब ९ प्रतिशत मतदान भएकाे छ ।

नरैनापुर २ काे मियाँपुर ख मतदान केन्द्रमा २५ महिला र २८ पुरूष गरी ५३ जनाले मतदान गरेकाे जानकारी मतदान अधिकृत राजेन्द्र सापकाेटाले लाेकप्रिय न्यूजसंग बताए । साे मतदान केन्द्रमा ५९६ मतदाता रहेका छन् ।

यसैगरी नरैनापुरकाे वडा नं. ५ काे भाेजभगवानपुर माविमा ६९ मतदाताले मतदान गरेका छन् । ८ सय ७ मतदाता रहेकाे जानकारी निअाेकका निर्वाचन पर्यवेक्षक मकवुल अहमत मुकेरीले लाेकप्रिय न्यूजलार्इ जानकारी दिएका छन् । साे मतदान केन्द्रमा मतदान ७ वजेर ४५ मिनेटबाट शुरू भएकाे हाे, उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २१ गते बिहीबार