उपआयोजना बाँसगढीको तेस्रो सार्वजनिक सुनुवाई



रावन बिश्वकर्मा : बर्दिया,२० मंसिर/  साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदान प्राप्त मसला प्रसोधन तथा बजारिकरण उपआयोजना बाँसगढीको तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक बर्ष २०७३ फागुन ४ गते देखि हाल सम्म ४७ लाख ५४ हजार १ सय १२ बराबरको कुल बजेटमा ४७ लाख ४९ हजार २ सय २४ बराबर खर्च भएको आर्थिक तथा भौतिक प्रगती प्रतिबेदन क्षितिज मसाल उद्योगका सञ्चालक तथा उपआयोजनाका प्रबन्धक हामेनाथ अधिकारीले प्रस्तुत गरे ।

प्रतिबेदन प्रस्तुत गर्दै प्रबन्धक अधिकारीले भौतिक पुर्वाधार बिकास, मेशिन औजार तथा उपकरण खरिद, आबश्यक कच्चा पदार्थ तथा सामाग्री खरिद तथा कृषक समुहहरुलाई बितरण, कृषकहरुलाई मसला जन्य बिउबिजन सहयोग, कृषकहरुलाई आबश्यक तालिम लगायतका कार्यमा रकम खर्च गरिएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै कृषि शाखा कार्यालय बाँसगढीका बाली संरक्षण अधिकृत मिरा चौधरीले कृषिलाई निर्भाह मुखि मात्रै भन्दा व्यवसायीकरणको आबश्यकता रहेकोमा जोड दिईन । कृषिकहरुले उत्पादन गरेको मसला जन्य बालीहरुलाई बजारिकरण गर्नका लागी बाँसगढीमा नै प्रसोधन केन्द्र स्थापना भएकाले कृषकहरुलाई थप सहयोग पुग्ने उनले बताईन ।

त्यस्तै बाँसगढी उद्योग वाणिज्य सँघका बरिष्ठ उपाध्यक्ष रामसिङ थारुले बाँसगढी क्षेत्र कृषि उत्पादनको ठुलो आधार भए पनि उपयुक्त बिउबिजन, कृषि उपकरण, सयममा आबश्यक पर्ने मल नपाईनु लगायतका समस्याले गर्दा गुणस्तरिय बाली उत्पादन गर्न नसकिएको बताए ।

उनले माग अनुसारको गुणस्तरिय बाली उत्पादन नगरिनुले पनि बजारिकरणमा केही समस्या रहेको बताए । क्षितिज मसला उद्योग बाँसगढीका सञ्चालक होमनाथ अधिकारीको अध्यक्षतामा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा बर्दिया जिल्लाका साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाका अनुगमन तथा मुल्याकंन अधिकृत रचना ढकाल, सामाजिक परिचालक हरिप्रसाद चौधरी, कृषक, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । क्षितिज मसाल उद्योग बाँसगढीको आयोजनामा भएको कार्यक्रमको सञ्चालन सल्लाहाकार बिरबहादुर हमालले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार