अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस



नेपालगञ्ज, १९ मंसिर/  ‘विपद्को समयमा स्वयंसेवकः उत्थानशीलता र ऐक्यबद्धता’ “ख्यगिलतभभचक ष्ल तष्mभक या अचष्कष्कस् चभकष्ष्भिलअभ बलम कयष्मिबचष्त’’ भन्ने मुल नाराका साथ ५ डिसेम्बरका दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालगन्जमा मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा मनाइएको उक्त दिवसमा अन्तरक्रिया, बैच वितरण र खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

नेरेसो रक्तसञ्चार सेवा नेपालगन्जमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । समुदाय स्तरबाट नै दक्ष स्यंसेवक वृद्धि गर्दै लैजाने रेडक्रस सोसाइटीको लक्ष्य रहेको कुरा रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झनाले बताए । उनले मंगलबार दिन रेडक्रसलाई यो उचाईसम्म पु¥याउने सम्पूर्ण स्वयंसेवकहरुलाई प्रति अभार प्रकट गरे ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यालय प्रमुख निरञ्जना मल्लले रेडक्रस स्वयंसेवकहरुबाट नै सञ्चालन भईरहेको बताउँदै  रेडक्रसको सदस्य नभएता पनि स्वयंसेवकका रुपमा कार्यगर्न सकिने कुराको जानकारी गराएका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, उपकोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, सदस्य सनतकुमार रेग्मी, लगायत उपशाखाका सभापतिहरु, स्वयंसेवक र कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन नेरेसो बाँके शाखाका प्रहलाद विश्वकर्माले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार