मतदाता शिक्षा सम्बन्धी छलफल



कोहलपुर, २० मंसिर/  निर्वाचन आयोग र स्कोप नेपालको आयोजनामा कोहलपुर नगरपालिका–१४ हवलदारपुरमा मतदाता शिक्षा सम्बन्धि एक दिने छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

मतदाताहरुलाई सही तरिकाले मतदान गर्न सिकाउने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा कोहलपुर नपा १४ र १५ का वडा सचिव तथा प्रमुख अतिथी सुवास चन्द्र यादवले यस्ता मतदाता शिक्षा आवश्यक पर्ने र यस कार्यमा आफु पनि सक्रिय रहेको बताए ।

समाज सेवा सस्था हवल्दारपुरको समन्वयमा भएको कार्यक्रमममा सहि तरिकाले मतदान गर्ने तरिका सिकाइएको सस्थाका अध्यक्ष विनोद थापाले जानकारी दिए । कार्यक्रममा करिब ५० जना सर्वसाधरणको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २० गते बुधबार