रावन बिश्वकर्मा : बर्दिया, १८ मंसिर/ यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बर्दियामा ३ सय २९ मतदान केन्द्र तोकिएका छन् ।
प्रतिनिधिसभाको लागि २ र प्रदेश सभाको लागि ४ निर्वाचन क्षेत्र रहेको बर्दियामा विभिन्न विद्यालयहरुमा १ सय ५३ मतदान स्थलहरुमा ३ सय २९ मतदान केन्द्र तोकिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकरी दिए ।
भट्टराईका अनुसार सबै मतदान स्थलहरुमा नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रत्येक मतदान स्थलहरुमा पहिलो घेरामा ९ जना नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी, तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने र मतदान केन्द्रको सुरक्षा संवेदनशिलता भए फोन आएको ७ मिनेट भित्र शसस्त्र प्रहरी पुग्ने, १० देखि २० मिनेटमा नेपाली सेना पुग्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।
प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना साहायक मतदान अधिकृत, चार जना साहायक कर्मचारी, २ जना सहयोगी सहित एक बुथम ८ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जानकारी गराएको छ ।
३ सय २९ मतदान केन्द्रको लागि अधिकृत तथा साहायक अधिकृत गरी ६ सय ५१ जना मतदान अधिकृतहरु तोकिएको छ । १ लाख ३४ हजार ४ सय २८ पुरुष १ लाख ३८ हजार ४३ महिला, र ६ जना तेस्रो लिंगी गरी जम्मा २ लाख ७२ हजार ४ सय ७७ मतदाताहरुले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्