रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न



नेपालगञ्ज, १० मंसिर/  नेपालगन्ज उपमहानगरपालिका १२ ले वृहत रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शनिबार गरेको छ । वडा कार्यालय वेलासपूरमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्ने व्यक्तिहरुरु वडा अध्यक्ष वुद्धिसागर सुवेदी, सदस्य तरुण बज्राचाय, निलेस खड्का, लगायत रहेका छन् । कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी नेतृत्वले प्रविधिक सहयोग गरेका थिए ।

त्यस्तै निशुल्क स्वास्थ्य परिक्षणमा करिव तीन सय पचासले स्वास्थ्य सेवा लिएका छन् । उनीहरुले फिजियन सेवा सँगै नाक कान घाँटी स्वास्थ्य परिक्षण गरि सेवा लिएका हुन् । कार्यक्रममा निशुल्क औषधि वितरण गरिएको थियो ।

वडा अध्यक्ष वुद्धिसागर सुवेदीले यी कार्यक्रम आगामी दिनमा गरिरहने बताए । उनले प्रत्येक हप्ता वडामा सरसफाई कार्यक्रम जारी राखिएको बताए । आफुले स्वास्थ्य शिक्षा लगायतको सेवालाई समेत उच्च प्रथमिकतामा राखेको अध्यक्ष सुवेदीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरला, नेपालगन्ज उप–महानगरपालिका मेयर धवल शस्शेर राणा, कांग्रेस बाँकेका जिल्ला सदस्य शुदान्सु कोइरला,स्थानीय बुद्धिजीवि टंक पौडेल, भेरी प्रविधिक विट इन्चार्ज बुद्धि चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रविधिक विट इन्चार्ज चौधरी नेतृत्वले सुरक्षा व्यवस्था मिलाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १० गते आइतबार