रेडियो उज्यालो संञ्चारको उद्घाटन



कोहलपुर, ९ मंसिर/   कोहलपुरमा स्थापना गरिएको रेडियो उज्यालो सञ्चार एफ.एम.९०.६ मेगाहर्जको शुक्रबार उद्घाटन भएको छ । रेडियोको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रावतले रेडियो उज्यालो सञ्चार एफ.एम.कोहलपुरमा भएका रेडियो भन्दा उदाहरणिय बन्नुपर्ने शुभकामना व्यक्त गरे । उद्घाटन कार्यक्रममा चर्चित गायिका रेश्मा पुन , विन्दु परियार, गायक धु्रव विश्व, वरिष्ठ संगितकार दिपक शर्मा तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, पत्रकार महासंघ बाँके उपाध्यक्ष प्रदिप वाग्ले, होटल व्यवसायी संघ बाँकेका उपाध्यक्ष एक नाराण चापागाई, नेपाल नागरिक समाजका अध्यक्ष भिम बहादुर शाही, होटेल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देवानन्द अर्याल, युवा उद्यमी मधु खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम रेडियोका संञ्चालक पुष्पराज तिमल्सिेनाको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार