पुर्व पश्चिम राजमार्गको ज्यानमारा मोड



कविन्द्र परियार : कोहलपुर, ९ मंसिर/   २०६७ साल जेठ ६ गते राती प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष तथा बालज्योती स्कुल कोहलपुरका संस्थापक प्रिन्सिपल टिकाराम सुवेदी झिझिरीखोला मोडमा ट्याक्टरको ट्रालीमा ठोक्किदा दुखद निधन भयो ।

त्यस्तै २०७२ जेठ मा कोहलपुर देखी छुटेको भे १ ज ३२४ नम्बरको कमान्डर जिप सोही मोडमा पल्टिदा बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह राप्ती सोनारी–९ की सचिव पुर्णकला खत्रीको पनि निधन भयो भने चालक सहित ६ जना घाईते भए ।

त्यस्तै २०७४ असोज ३० गते राती नेपालगञ्जबाट काठमाडौका लागि छुटेको लु १ ख.४१३ नम्बरको मालवाहक ट्रक सोही मोडमा दुर्घटना हुँदा चालक सहित ३ जना घाईते भए । त्यस्तै २०७४ कार्तिक २४ गते पुर्व देखी पश्चिम तर्फ जाँदै गरेको बा ८७ प ९१८१ कोे मोटरसाईकिल दुर्घटना हुँदा चालक सहित दुई जना घम्भिर घाइेते भए ।

यी त प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत झिझिरी खोला मोडमा साना ठुला गरी दर्जन बढी दुर्घटना भएका छन् भने थुपै्र जनाले ज्यान गुमाई सकेका छन ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत कोहलपुर देखि ८ किलोमिटरको दुरीमा रहेको सो मोड ओरालो र घुमाउरो भएको र चालकहरुले तिव्र गतिमा सवारी साधन चलाउने गरेका कारण सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक तेज बहादुर रानाको भनाइ छ । सो क्षेत्रलाई ट्राफिक प्रहरीले समेत दुर्घटना ग्रस्त क्षेत्रको सूचीमा राखेको छ । सडक ओरालो, साँघुरो र घुमाउरो भएकाले सवारी साधन नियन्त्रण गर्न कठिन हुने चालक तिलबिर वलीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार