नेपालगञ्ज, ७ मंसिर/ निर्वाचन आचार सहित विपरीत उम्मेदवारहरुले चुनावी प्रचार प्रसार गरेको कार्य प्रति मानव अधिकार सञ्जालले आपत्ति जनाएको छ । निर्वाचन आचार सहित विपरीत प्रचारप्रसारमा लागेकाहरुलाई अविलम्ब कानूनी दायरामा ल्याउन सञ्जालले माग गरेको छ ।
बुधबार थर्ड एलायन्स र हरप्लेसको संयुक्त आयोजनामा राष्टिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलको प्रमुख आतिथ्यतामा बसेको सञ्जालको बैठकले आसन्न प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार, मतदाता, निर्वाचनमा खटिने कर्मचारी, पर्यवेक्षक, मानव अधिकार रक्षक र पत्रकारहरुको सुरक्षाका विषयमा गम्भीर हुन स्थानीय प्रशासनसँग अपिल गरेको छ ।
बैठकले निर्वाचनको पर्यवेक्षण गर्ने संस्थाहरुसँग समन्वय गरी अनुगमनलाई प्रभावकारी बनाउनका लागि नियोकका ५ नम्बर प्रदेशका सयोजक सुरेश गौतमलाई जिम्मेवारी दिएको छ ।
यस्तै बैठकले १६ दिने महिला हिसां विरुद्धको दिवस भव्य रुपमा मनाउनका लागि अधिकारवादी संस्थाहरुसँग समन्वय गर्न फातिमा फाउण्डेसनलाई जिम्मेवारी दिएको छ भने नरैनापुर गाउँपालिकामा सामाजिक सदभाव झल्कीने मानव अधिकारमैत्री अन्तरक्रिया गर्न अधिवक्ता विश्वजीत तिवारीलार्ई जिम्मेवारी तोकिएको छ ।








प्रतिक्रिया दिनुहोस्