नेपालगञ्ज, ३ मंसिर/  बाँकेको दुर्गम भनेर चिनिने राप्तीपारीको नरैनापुरमा शनिबार वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत मतदाता भेटघाट, जनसभा, भेला, बैठक, प्रशिक्षण आदि भइरहका छन् ।

क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश्वर गहतराज (अथक) ले सुगम जिल्लाको दुर्गम वस्तीमा बस्ने जनसमुदायको सपनाहरु पूरा गर्न आफू प्रतिवद्ध रहेको बताए । अथकले भने–‘तपाईहरु वर्षौंदेखि तपाईले चुनेका प्रतिनिधिहरुले तपाइहरुको सपना र आवश्यकताको वास्ता नगरेको देखेर दिकदारी पनि लाग्दो होला । तर यस पटक नेपालका प्रमुख वाम पार्टीहरु मिलेर निर्वाचनमा सहभागी भएका छन् ।

यसबाट स्थिर सरकार बन्ने र पाँच वर्षसम्म वामपन्थीको स्थिर सरकारले काम गरेपछि तपाइहरुका सपना पूरा हुनेछन् भन्दै वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।’
राप्तीपारीका धेरै ठाउँहरु कृषिजन्य उत्पादनका लागि दक्ष जनशक्ति रहेको र यहाका मानिसहरुको जिविकोपार्जन पेशा कषि नै भएकाले यस क्षेत्रलाई कृषिको आधुनिकरण सहित ‘कृषिजोन’ बनाएर यहाँका कृषकहरुलाई आत्मनिर्भर बनाउन पहल गर्ने आश्वासन समेत दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ३ गते आइतबार