उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन



कैलाली, ३० कार्तिक/  प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश नम्बर–७ सुदूरपश्चिमस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको बुधबार धनगढीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्ला केही दिनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमाथि सुरक्षा चुनौती बढेको भन्दै उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले चुनाव प्रचारका क्रममा उम्मेदवारमाथि गरिएको आक्रमण चुनाव विरोधीको कायरता भएको टिप्पणी गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा चुनाव लडेको क्षेत्रका कार्यकर्तासँग पनि भेटघाट समेत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक ३० गते बिहीबार