19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

संक्रमणकालिन न्याय सम्वन्धी अन्तरक्रिया सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४  

नेपालगञ्ज, २९ कात्तिक/   बाँकेको नेपालगञ्जमा मंगलबार संक्रमणकालिन न्याय सम्बन्धमा सरोकारवालासँग अन्र्तक्रिया गरिएको छ । “सबैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासका आधार” भन्ने मुल नाराका साथ सुरु भएको संक्रमणकालिन न्याय सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको आयोजनामा भएको कार्यक्रममा विभिन्न जिल्लाका द्वन्द्व पीडित, अधिकारकर्मी, प्रहरी, पत्रकारहरुको सहभागिता रहेको थियो । २०५२ सालदेखि ०६२ सालसम्म चलेको शसस्त्र द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट हजारौं जनाको ज्यान गएको थियो । द्वन्द्वकालमा धाइते भएकाले राज्यले न्याय दिनुको सट्टा पीडा दिइरहेको नेपालगन्ज–६ का द्वन्द्वपीडित दया प्रसाद चौधरीले गुनासो पोखे ।
द्वन्द्वपीडितहरुको समस्या हल गर्नका लागि सत्य निरुपण आयोग गठन गरेपनि त्यसले आफूहरुको निम्ति कुनै काम नगरेको र हालसम्म पनि न्याय नपाएको द्वन्द्व पीडितहरुको गुनासो रहेको छ ।
राज्यले द्वन्द्वमा परेका मानिसको प्रमाण खोज्छ वेपत्ता पारिएको परिवारको कसरी प्रमाण जुटाउने द्वन्द्व पीडितहरुको भनाइ छ । ‘राज्यले जहिले पनि प्रमाण चाहियो भन्छ, प्रमाण कहाँबाट ल्याउने ?’ कोहलपुर–११ का द्वन्द्वपीडित सुधा चौधरीले बताइन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जको क्षेत्रीय संयोजक मुरारी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य सुदिप पाठक, श्रीघन सुवेदी, इन्सेक क्षेत्रीय संयोजक भोला महत, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४     7:28:31 AM  |