बर्दियालाई बाढीबाट पूर्ण सुरक्षित जिल्ला बनाउने प्रतिवद्धता



बर्दिया, २८ कात्तिक/  वाम गठवन्धनका उम्मेदवारहरु बर्दिया क्षेत्र नं.१ का वामदेव गौतम, क्षेत्र नं.१ ‘ख’ का तिलक शर्मा(हिमाल)ले संयुक्त रुपमा बर्दियालाई बाढीबाट पूर्ण सुरक्षित जिल्ला बनाउने प्रतिवद्धता गरेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा सोमबार भएको चुनावी सभालाई सम्वोधन गर्दै यस्तो प्रतिवद्धता गरेका हुन् । वाम गठवन्धनको सरकार गठन पश्चात सम्पूर्ण बाढीपीडितलाई ३ महिना भित्रमा राहत वितरण, ५ वर्ष भित्रमा बबई नदि नियन्त्रण गर्ने र जग्गा कटान भएका पीडितहरुलाई दुई वर्ष भित्रमा सुरक्षित बासको व्यव्स्थान गर्ने बताए ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका भएका गौतमले १० वर्ष भित्रमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने बताए । यस्तै तिलक शर्माले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्न बर्दिया जिल्लाका सबै क्षेत्रमा नहर बनाई सिचाई युक्त बर्दिया बनाउने बताए ।

“गाँउदेखि केन्द्रसम्म वामपन्थीको सरकार, स्वच्छ शान्त र समृद्ध नेपाल हाम्रो सरोकार” भन्ने नारा सहित भएको सभामा सहभागिहरुले वाम गठवन्धनालई सहयोग गरी विजयी गराउने प्रतिवद्धता गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २८ गते मंगलबार