18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

बाढीपीडितलाई राहत वितरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४  

मिसन सामाचारदाता कोहलपुर, २५ कार्तिक, राप्तीसोनारी गाउँपालिकाका विभिन्न वडाका बाढीपीडितहरुलाई राहत स्वरुप गहँुको विउँ वितरण गरिएको छ । लिवर्ड पोखराको आर्थिक सहयोग तथा दलित सेवा संघ कोहलपुर बाँकेको समन्वयमा र सहकार्यमा सो राहत वितरण गरिएको दलित सेवा संघका अध्यक्ष कृष्ण विकले जानकारी दिए ।
गत साउनको अन्तिम साता बाँकेमा आएको बाढीका कारण राप्तीसोनारीका विभिन्न स्थानहरुमा डुवान, कटान तथा पटानबाट स्थानीयहरु पीडित बनेका थिए । तिनै बाढीपीडितहरुलाई प्रति परिवार साढे पाँच किलोका दरले ६ सय घरपरिवारलाई सो विउँ वितरण गरिएको हो । राप्तीसोनारी–२ को टिकुलिपुर, मटैया, मदुवा तथा वडा नं.४ र ५ को साइपुर, धामपुर, लालपुर बाढीपीडितले गहँुको विउँ प्राप्त
गरेका हुन् ।

प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४     8:28:34 AM  |