नेपनलगञ्ज, २३ कात्तिक/ नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले विद्युतिय सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले बनाएका सामाग्रीवारे जानकारी गराएका हुन् । आफ्नो छोरा छोरी विद्यालयमा पुग्यो कि पुगेन, सुतेरै बत्ती बन्द र खोल्न सकिने जस्ता विभिन्न प्रकारका विद्युतिय उपकरणहरु बनाएको विद्यार्थी विमल कुमार यादवले बताए ।
‘आरजी डिजिटल नेपाल र एन काइचो ग्रुप’ नामक नामाकरण गरी उनीहरुले आफ्नै कोठामा विभिन्न प्रकारका उपकरण बनाउदै आएका छन् । बाँके, बर्दिया, कैलाली र जाजरकोटका करिव ५० जना युवाहरुले पढाई सँगसँगै विभिन्न किसिमका विद्युतिय सामाग्री निर्माण गरी देशबाट वेरोजगार अन्त्य गर्ने अभियानमा लागेको उनीहरुको दावी छ ।
टेक्निकल विषय लिएर पढेका विद्यार्थीहरु विद्युतमा नाम निकालेर मात्र काम पाउने प्रवृत्तिलाई चिर्न आफूहरु यस्तो अभियानमा लागेको यादवको भनाइ छ ।
मंसिर ७ र ८ गते नेपालगन्जमा हुने प्रर्दशनमा भव्यका साथ आफ्नो कला प्रस्तुत गर्ने आफूहरुको योजना रहेका बताए । देशको विकासका लागि युवा अपरिहार्य रहेको भन्दै युवाले देशको लागि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आउने मंसिर ७ र ८ गते नेपालगन्जमा विज्ञान प्रदर्शनीमा ड्राइभरले निदाएको छ भने पनि यात्रुले थाहा पाउने सिस्टम तथा गाडी अनियन्त्रीत भएको पत्ता लगाउने प्रविधि प्रदर्शन गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्