ढकिया बुनाई सम्वन्धी तालिम शुरु



श्रवण बस्नेत : दाङ, २१ कात्तिक/
चैलाही सामुदायिक सिकाइ केन्द्र लमहीको आयोजनामा १५ दिने ढकिया बुनाई तालिम सोमबारदेखि लमहीमा शुरु भएको छ ।

केन्द्रकी उपाध्यक्ष अनुमती चौधरीको अध्यक्षता एवं स्रोतव्यक्ति उपेन्द्र चालिसेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा बोल्ने वक्ताहरूले तालिमलाई बन्द कोठामा मात्र सीमित नराखी व्यवहारिक रूपमा कार्यान्वयन गर्न जोड दिएका थिए ।

साथै उनीहरूले पछिल्लो समयमा ढकिया बुनाइ तालिमले महिलाहरूको जीवनस्तर माथि उकास्न थप मद्दत गर्ने भन्दै १५ दिने सीपलाई सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सल्लाहकार नरेन्द्र थापा, सदस्य नीमा विक, प्रशिक्षक ईश्वरी चौधरी र पत्रकार श्रवण बस्नेतलगायत आ–आफ्नो भनाइ राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक २१ गते मंगलबार