15 July 2024  |   सोमवार, असार ३२, २०८१

वृद्ध अवस्थामा पनि सारङ्गीकै सहारा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४  

कविन्द्र परियार : कोहलपुर, २१ कात्तिक/

‘सुरा सिपाही लड्न लागे ढल्कीयो माखको पात
लडौ भने ज्यान जान लाग्यो पुर्खाको हुन लाग्यो लाज ”

कोहलपुरको सडक पेटीमा बसेर ७६ वर्षिय भद्र बहादुर गन्धर्व यो गित गाउदै थिए । पहिले पहिले गाँउघरमा गित गाउदै घर घरमा हिड्ने गरेका उनी अहिले भने गाउन नसक्ने भएपछि यसरी सारङ्गी बजाएर कोहलपुरका सडक तथा पसलहरुमा पुग्ने गर्दछन ।

वृद्ध अवस्थामा यसरी सारङ्गी बजाउदै हिड्नु उनको रहर भने पकै होईन। कोहलपुर नगरपालिका ११ डुडुवानाला छेउको गन्धर्व बस्तीका उनी विरामी श्रीमती र अपाङ्ग छोराको पालन पोषणका लागी यसरी सारङ्गी बजाउदै हिड्ने गरेको बताउछन । आम्दानीको अन्य स्रोत नभएका कारण सारङ्गी बजाउदै हिड्नु परेको उनको भनाई छ । सारङ्गी बजाएर पोलियो रोगका कारण अपाङ्ग बनेका छोराको पालनपोषण निकै चुनौती रहेको र उनको पालन पोषणमा कसैले सहयोग आभारी हुने उनको भनाई रहेको छ ।

कोहलपुर १२ वर्षको उमेर देखी सारङ्गी बजाउन सुरु गरेका उनी वि स २०६३ जेठमा दैलेखबाट कोहलपुर झरेपछि यसरी सारङ्गी बजाउदै हिड्ने गरेको बताउछन । दैलेखमा हुँदा बालीघरेमा सारङ्गी बजाउथे पेशा गरेका उनी । सारङ्गी बजाउदै १६ वटा गाउमा सम्म पूग्ने गरको भद्रको भनाई छ । पहिले घरघरमा गितबाटै सन्देश दिदै हिड्ने गर्थे अहिले नसक्किने भईयो। तर पनि बाचनालाई सारङ्गी नै साहरा भएको छ, उनले भने ।

वृद्धअवस्थामा छोराको सहारा बाच्नुपर्ने हो तर मारङ्गीको सहारामा बाँच्न बाध्य भएको छु भावुक हुदै उनले भने मैले राज्यबाट पाउने जेष्ठनागरिक भत्ता बाहेक अन्य केही पनि पाएको छैन उनले भने, ११ वर्षकै उमेरमा बेहुला बनेका भद्र बहादुर पहिली श्रीमतीको मृत्यु भईसकेकोले अर्की श्रीमती विवाह गरेको बताउँछन ।
कुनैबेला घरघरमा गाउदै सन्देश बाहकका रुपमा गाउदै हिड्ने गरेका गन्धर्वलाई राज्यले उपेक्षा गरेको भद्र बहादुरको भनाई छ । अहिले आधुनिक गित संगितले मौलिक गितलाई ओझेलमा पारेको भद्र बहादुरको गुनासो छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २१, २०७४     7:35:57 AM  |