कोहलपुर, २० कात्तिक / आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बाँकेमा वाम गठवन्धनका साझा उम्मेदवार विरुद्ध परेका वागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई निर्वाचन आयोगले आइतबार दिउँसो १ बजेसम्मको समय उपलब्ध गराएको थियो ।
निर्धारित समयभित्र बाँकेमा वाम गठवन्धनका साझा उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिदै गठवन्धनका उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाएको माओवादी नेता आइपी खरेलले जानकारी दिए । त्यस्तै लोकतन्त्र गठबन्धन बाँके क्षेत्र नं. १ का उम्मेदवार माधव राम खत्रीका विरुद्ध उम्मेदवारी दिएका नेपाली काँग्रेसमा कृष्ण कार्कीले पनि आफ्नो उम्मेदवारी समेत फिर्ता गरेका छन् ।
यसरी उम्मेदवारी फिर्ता लिनेहरुमा बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका सुरेश कुमार चौधरी र सविर खाँ रहेका छन् भने क्षेत्र नं.१ कै प्रदेश ‘ख’ का अम्मर बहादुर खड्का रहेका छन् । यी सबै माओवादी केन्द्रका नेताहरु हुन् । आफ्नै पार्टीको तर्फबाट उम्मेदवारी परेपछि चिन्तामा रहेका क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश्वर गहतराज (अथक) र १ को प्रदेश ‘क’ उम्मेदवार कृष्णा केसी (नमुना) लाई राहत भएको माओवादीका एक नेताले बताए ।
क्षेत्र नं.१ प्रदेश ‘क’ का स्वतन्त्र उम्मेदवार दुर्गा बहादुर थारु र क्षेत्र नं.३ ‘ख’ का स्वतन्त्र उम्मेदवार विजय पाठकले भने उम्मेदवारी फिर्ता
लिएका छैनन् । यी उम्मेदवार माओवादी केन्द्र आवद्ध रहेका सदस्य भएपनि उनीहरुको कुनै प्रभाव नरहेका माओवादी नेता आइपी खरेल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्