स्थानीय तहमा थारु भाषालाई कामकाजको भाषा बनाउने



बर्दिया, १९ कात्तिक/ बर्दिया जिल्लाको सबै स्थानीय तहमा थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न छलफल भएको छ । बारबर्दिया नगरपालिको आर्थिक सहयोग तथा समन्वय र कर्मशील नेपाल, थारु भाषा तथा साहित्य उत्थान मञ्च, थारु पत्रकार संघ, जंग्रार साहित्यक बखेरीको आयोजनामा शनिबार बारबर्दियामा भएको थारु भाषालाई ‘सरकारी कामकाजको रुपमा प्रयोग अवसर र चुनौती’ विषयक कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले संविधानले गरेको व्यवस्थालाई नीतिगत निर्णय गरी योजना बनाएर सरकारी कामकाजको रुपमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
बर्दिया जिल्लामा ५२ प्रतिशत थारु समुदाय बस्दै आएका छन् । आठ ओटा स्थानीय तह रहेको यस जिल्लाको सबै तहमा थारुको ४५ प्रतिशत भन्दा धेरै जनसख्या रहेको छ ।

कार्यक्रमा बोल्दै पूर्व पशुपन्छी मन्त्री सन्तकुमार थारुले भाषाको प्रयोग पहिचानसँग जोडिएकोले थारु भाषालाई सबै पक्ष मिलेर संरक्षण र विकास गर्न आवश्यक रहेको बताउँदै आफ्नो तहबाट थारु भाषा बोलिने बहुल क्षेत्रमा नीतिगत रुपमा सरकारी कामकाजको रुपमा प्रयोगका लागि निर्णय गराउन लागि पर्ने बताए । यसै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा पुर्व उपप्रधान मन्त्री वामदेव गौतमले पाँच नंम्बर प्रदेशमा पहिलो नेपाली, दोस्रोमा थारु र तेस्रोमा मगर भाषामा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सकिने देखिएको बताउँदै त्यसका लागि प्रदेश सभाको पहिलो बैठकमा नै थारु भाषालाई सरकारी भाषाको रुपमा प्रयोग गर्नका लागि निर्णय गराउन प्रस्ताव गर्न राजनीति रुपमा पुर्ण सहयोग गर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १९ गते आइतबार