15 July 2024  |   सोमवार, असार ३२, २०८१

काँग्रेस कार्यकर्तामा व्यापक असन्तुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४  

मिसन सामाचारदाता/ कोहलपुर, १८ कार्तिक, पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशिल कोईरालाको निर्वाचन क्षेत्रममा पार्टीबाट उम्मेरदवार नदिई राप्रपालई दिइएको भन्दै नेपाली काँग्रेस बाँकेका कार्यकर्ताहरुमा तीब्र असन्तुटि पैदा भएको छ ।
पार्टी केन्द्रीय तहले बाँके क्षेत्र नं.२ ले सिफारिस गरेका उम्मेदवारको नाम कटाएर केन्द्र बाट नै मनोमानी ढङगले पूर्व प्रधानमन्त्री स्व. कोईरालाको निर्वाचन क्षेत्र राप्रपालाई दिएको भन्दै असन्तुष्टि पोखेका हुन् । काँग्रेस कार्यकर्ताहरु अरु निर्वाचन क्षेत्र राप्रपालाई दिएर बाँकेको निर्वाचन क्षेत्र न.२ काँग्रेसले नै लिनु पर्नेमा त्यसो नहुँदा निरास बनेका हुन् । वि.सं.२०४८ सालदेखि नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. सुशिल कोईरालाले यसै क्षेत्रबाट चुनाव लड्दै आएको र वि.सं.२०४८, ५१ र ७० सालमा भएको चुनावमा सुशिल कोईरालाले जित्दै आएको क्षेत्र राप्रपालाई
सुम्पदा काँग्रेस कार्यकर्ताहरु निरास देखिएका नेपाली काँग्रेसका एक नेताले बताए । काँग्रेस र राप्रपा बिच भएको सहमतीमा संघमा क्षेत्र नं.२ राप्रपालाई टिकट दिनु स्व. कोईरालाको ईतिहाँसलाई मेटाउने काम भएको काँग्रेस नेता हेमन्त कर्मचार्यको दावी छ । कोईराला र नेपाली कांग्रेस बाँकेले आफनो गढको रुपमा स्थापित गरेको बाँके क्षेत्र नं.२ राप्रपालाई दिनु एकदमै लज्जास्पद भएको कांग्रेस कार्यकर्ताहरुले बताएका छन् । पार्टीका पूर्व सभापतिको क्षेत्रमा नै नेपाली काँग्रेसका कार्यवाहक सभापति शेर बहादुर देउवा लगायत केन्द्रीय नेताहरुले कोईरालाको इतिहास सिध्याउने काम गरेको नेपाली काँग्रेस बाँकेका नेता सुदिप नरसिंह राणाको आरोप रहेको छ । नेपाली कांग्रेस कार्यकर्ताहरुको तीब्र असन्तुष्टिका कारण क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका राप्रपाका नेता ओम प्रकास आजादको मत परिणाममा धक्का लाग्ने सम्भावना बढेको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०७४     2:14:16 PM  |