एमालेबाट टिकट नपाएपछि कोमल वलीद्वारा स्वतन्त्र उम्मेदवारीको घोषणा



कात्तिक, १६ दाङ/  चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।

उनी हालै मात्र राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन् । त्यसबेला समानुपातिक वा प्रत्यक्ष मध्ये एकमा उम्मेदवार बनाउने आश्वासन दिएपनि कार्यान्वयन नभएकाले चुनाव लड्ने निर्णयमा पुगेको ओलीले बताइन् ।

म राप्रपाको केन्द्रीय सदस्य थिएँ । एमाले आउँदा कि समानुपातिक नभए प्रत्यक्षमै टिकट दिनु भनेको थियो उनले भनिन्, हिजो शंकर पोखरेलले फोन गरेर मैले सकिँन भन्नुभयो । अब स्वतन्त्र उम्मेदवारी दिन्छु।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १६ गते बिहीबार